काठमाडौं ।
ज्योति केसी नेपाली मुलकी पहिलो अन्तरिक्ष यात्री बन्ने भएकी छिन्।
अमेरिकी वायुसेनामा भर्ती भएर काम गरिरहेकी उनी अन्तरिक्ष यात्राको तयारीमा जुटेकी हुन्।
एरोस्पेस इन्जिनियरिङको पढाइका लागि सन् २०१७ मा अमेरिका पुगेकी उनी अन्तरिक्ष यात्राको लागि प्रशिक्षण सम्पन्न गरेर तयारी गरिरहेकी छन् । उनको जन्म दाङ भालुवाङमा भएको हो।
‘मैले भर्खरै एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरेको छु र आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित भएको छु,’ २७ वर्षीया केसीले भनिन्।
‘सिरियस मिसनको कमाण्डर र इन्जिनीयर समर्थनको रूपमा, मसँग संसारभरबाट चार चालक दलका सदस्यहरू थिए (अमेरिका, मेक्सिको, पोल्याण्ड)। यो हामी सबैको लागि एक अविश्वसनीय सिक्ने अनुभव थियो । तालिम पोल्याण्डमा दुई हप्तासम्म चलेको थियो, र म (लुनारेस रिसर्च स्टेशन) मा भाग लिने पहिलो नेपाली-अमेरिकी हुँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।
प्रकाशित: १९ असार २०७९, आईतवार