मधेश प्रदेशमा मोबाइल भ्वाइस सेवाको गुणस्तर खस्कँदो

  • Technology Khabar | १९ असार २०७९, आईतवार
मधेश प्रदेशमा मोबाइल भ्वाइस सेवाको गुणस्तर खस्कँदो
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

मधेश प्रदेशमा पनि मोबाइल सेवाको गुणस्तर तोकिएको मापदण्डभन्दा कम भएको पाइएको‍ छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणकले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) को प्रतिवेदनबाट यो पुष्टि भएको हो।

उक्त ड्राइभ टेस्ट मधेश प्रदेशका जनकपुर, लहान र बिरगञ्जमा गरिएको थियो।

२०२१ डिसेम्बर २८ देखि २०२२ अप्रिल ११ सम्म गरिएको उक्त परीक्षणमा भ्वाइस र एसएमएस, डाटा पिङ, डाटा अपलोड/डाउनलोड, एमओएस, २जी कभरेज, ३जी कभरेज र ४जी कभरेजको अध्ययन भएको दूरसञ्चार प्राधिकरणले उल्लेख गरेको छ।

यस्तो छ सेवाको गुणस्तर

मधेश प्रदेश

नेपाल टेलिकमएनसेलस्मार्ट टेलिकममापदण्ड
कल सेटअप सक्सेस रेट९८.१७९७.३९६०.३४९९% भन्दा माथि
कल ड्रप रेट०.१५६.३००.७९२% भन्दा माथि

प्राधिकरणले तोकेको भ्वाइस सेवाको गुणस्तरका कल सेटअप सक्सेस रेट तथा कल ड्रप रेटको मानकमध्ये नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकममध्ये कुनैले पनि तोकिएको मापदण्ड पूरा गर्न सकेका छैनन्।

एसएमएस डेलिभरी सक्सेस रेट

यसैगरी यो प्रदेशमा एसएमएस डेलिभरी सक्सेस रेट भने नेपाल टेलिकम र एनसेलको मापदण्ड अनुसारको रहेको छ तर स्मार्ट टेलिकमको भने ज्यादै न्यून छ।

इन्टरनेट अपलोड तथा डाउनलोडमा नेपाल टेलिकम अब्बल  

यसबाहेक इन्टरनेट ब्राउजिङ तथा डाटा अपलोड तथा डाउनलोडका मामलामा पनि टेलिकम खरो उत्रिएको छ भने स्मार्ट टेलिकमको हालत भने गएगुज्रेको भेटिएको छ।

नेपाल टेलिकमको अपलोड र डाउनलोड सक्सेस रेटले मापदण्डलाई उछिनेको छ भने एनसेलका हकमा भने अपलोड रेटले मापदण्ड भेटेको छ तर डाउनलोड भने मापदण्डभन्दा तल छ।

सक्सेस रेटनेपाल टेलिकमएनसेलस्मार्ट टेलिकममापदण्ड
डाउनलोड९१.३९७०.९९८.४८८०% भन्दा माथि
अपलोड९३.८३९६.३२१७.७२७५% भन्दा माथि

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार