इयूमा २०३२ सम्म टेलिकम प्रदायकहरूको लागि रोमिङ नियमहरू बिस्तार

  • Technology Khabar | १९ असार २०७९, आईतवार
इयूमा २०३२ सम्म टेलिकम प्रदायकहरूको लागि रोमिङ नियमहरू बिस्तार
फाइल तस्बिर

काठमाडौं ।

युरोपेली संघले टेलिकम प्रदायकहरूका लागि ‘रोम-लाइक-एट-होम’ नियमहरू २०३२ सम्म विस्तार गरेको युरोपेली आयोगले घोषणा गरेको छ।

यो योजनाले इयू र इइएका यात्रुहरूलाई कुनै अतिरिक्त शुल्क बिना विदेशमा कल गर्न, टेक्स्ट गर्न र सर्फ गर्न अनुमति दिन्छ।

“हाम्रो रोमिङ नियमले हामी सबैले रोम-लाइक-एट-होमबाट लाभान्वित भएका छौं,” इयूका शीर्ष अधिकारी मार्गरेट वेस्टेगरले आधिकारिक बयानमा भने।

“यो हाम्रो युरोपेली एकल बजारको एक धेरै मूर्त लाभ हो। यी नियमहरूलाई लम्ब्याउँदा अन्तर-सञ्चालक मूल्यहरू प्रतिस्पर्धात्मक रहनेछन्, र उपभोक्ताहरूलाई अर्को दस वर्षसम्म निःशुल्क रोमिङ सेवाहरूको आनन्द लिन जारी राख्न अनुमति दिनेछ।”

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार