
काठमाडौं ।
क्रिप्टोकरेन्सी एक्सचेन्ज प्लेटफर्म बाइनान्सले सोशल मिडिया इन्फ्लूएन्सर खाबी लामेसँग सहकार्य गर्ने घोषणा गरेको छ।
क्रिप्टो एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चानपेङ्ग झाओ (सीजे)ले उनीसँग सहकार्यको घोषणा ट्विटरमार्फत गरेका हुन्।
उनले हरेक विषयलाई सजिलो तरिकाले भिडियोमा देखाउने गरेको भन्दै कम्पनीले यसले क्रिप्टो बजारलाई समेत सहज हुने बताएको छ।
‘क्रिप्टोलाई स्वीकार गर्ने उत्कृष्ट तरिका हो,’ झाओ ले भनेका छन्।
#Binance has partnered with @KhabyLame.
Why?
Well, he's the most followed creator on TikTok. And he's good at explaining things in a simple way. Perfect for crypto adoption. ???????? pic.twitter.com/1z8PT3Wxla
— CZ ???? BNB (@cz_binance) June 30, 2022
खाबी लामेको टिकटकमा १४२.८ मिलियन फलोअर रहेका छन्। उनी हालसालै मात्र सबैभन्दा धेरै फलोअर भएका टिकटकर भएको सार्वजनिक भएको थियो।
द भर्जका अनुसार खाबी लामेले लोकप्रिय टिकटकर चार्ली डी मेलियोलाई पछि पारेर सर्वाधिक फलोअर भएका टिकटकर बन्न सफल भएका हुन्।
चार्ली डी मेलियोको टिकटकमा १४२.३ मिलियन फलोअर्स छन्।
प्रकाशित: १७ असार २०७९, शुक्रबार