
काठमाडौं ।
केही समययता भारतमा विद्युतीय गाडीमा आगलागीको घटना बढिरहेको छ।
ओला, एथर, प्योरईभीलगायत थुप्रै इलेक्ट्रिक मोबिलिटी ब्राण्डका दुई पाङ्ग्रे सवारीका साथै हालै टाटाको नेक्सन ईभी कारमा पनि आगलागी भएको छ।
यो स्थितिमा सरकारी तथा गैर-सरकारी निकायहरु गम्भीरतापूर्वक सोच्न थालेका छन्।
हालै सञ्चारमाध्यममा आएका रिपोर्ट अनुसार भारतको चार्ज प्वाइन्ट अपरेटर्स सोसाइटी सीपीओएसले इलेक्ट्रिक गाडीको ब्याट्रीमा ब्ल्याक बक्स सिस्टम राख्न सिफारिस गरेको छ।
यसबाट ईभीमा आगलागी हुनेलगायतका अप्रिय घटना भएमा अनुगमन गर्न सकिने उनीहरुको ठम्याई छ।
ईकोनोमिक टाइम्सको रिपोर्ट अनुसार सीपीओएसले भारतमा सभी इलेक्ट्रिक सवारीको ब्याट्री प्याकमा ब्ल्याक बक्स राख्ने सिफारिस गरेको छ। ब्ल्याक बक्स विशेष गरी विमानहरुमा प्रयोग गरिन्छ जसमा विमानका सबै गतिविधि रेकर्ड हुन्छ।
प्रकाशित: १६ असार २०७९, बिहीबार