साथीमार्टको १०५ औं शाखा धुलिखेलमा

  • Technology Khabar | १५ असार २०७९, बुधबार
साथीमार्टको १०५ औं शाखा धुलिखेलमा

काठमाडौं ।

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सञ्चालनमा आएको छ।

कृषि व्यवसायमा समेत आवद्ध रहेका राकेश श्रेष्ठले धुलिखेलमा साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएका हुन्।

‘लामो समयदेखि कृषि व्यवसायमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निणर्य गरेको हुँ,’ श्रेष्ठ भन्छन् ‘समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने कुरामा विश्वस्त छु । साथै लोकल लेभलमा ग्रोसरी शपिङदेखि सम्पुर्ण घरायसी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने मेरो विश्वास छ ।’

उक्त आउटलेटको उद्घाटन धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जुले गरे।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्णस्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ।

एउटै लगानीमा खुद्रा व्यापार, ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...