ईभी चार्जर उत्पादन बढाउन ७० करोड डलर लगानी गर्दै अमेरिकी कम्पनी

  • Technology Khabar | १४ असार २०७९, मंगलवार

काठमाडौं ।

अमेरिकामा ईभी चार्जरको उत्पादन बढाउन कम्पनीहरु ७० करोड डलरलगानी गर्ने योजनामा रहेका छन्।

ह्वाइटहाउसले मंगलबार यस्तो जानकारी सार्वजनिक गर्दै यसले २ हजार रोजगारी सिर्जना गर्ने साथै ईभी चार्जिङलाई अझ सुलभ र सस्तो बनाउने बताएको छ।

उक्त रकममा फक्सवागनको इलेक्ट्रिफाइ अमेरिका यूनिटले ४५ करोड तथा सिमेन्सले आफ्नो ग्र्याण्ड प्रेयरी, टेक्सस तथा पोनोमामा रहेका चार्जर प्लान्ट विस्तारका लागि २५ करोड डलर लगानी रहने रोयटर्सले उल्लेख गरेको छ।

ईभी चार्जिङ नेटवर्क अपरेटर फ्लोले पनि आफ्नो मिचिगनको अबर्न हिल्समा स्थापित पहिलो अमेरिकी एसेम्ब्ली प्लान्टमा ३० लाख डलर लगानी थप्ने भएको छ।

यी लगानीले ईभी चार्जर निर्माणको क्षेत्रमा अमेरिकी क्षमता वार्षिक २ लाख ५ हजारभन्दा बढाउन सहयोग पुग्ने बताइएको ह्वाइट हाउसले हालको उत्पादन क्षमतामा केन्द्रित हुँदै जानकारी दिएको हो।

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार