
काठमाडौं ।
चिनियाँ टेक्नोलोजी जायन्ट टेन्सेन्टको शेयर मूल्यमा गिरावट आएको छ।
प्रविधि लगानी कम्पनी प्रोसस एनभीले आफ्नो तथा मूल कम्पनी न्यास्पर्सको लगानी अन्य क्षेत्रमा सार्न खोजेपछि ;सोमबार टेन्सेन्टको शेयर मूल्य घटेको हो।
प्रोससको यो निर्णय प्रोसस/न्यास्पर्सको बजार मूल्यांकन तथा उनीहरुले टेन्सेन्टमा गरेको २८.९ प्रतिशत शेयरको लगानीबिचको अन्तर समाप्त गर्नका लागि गरिएको बुझिएको छ। उनीहरुको टेन्सेन्टमा रहेको लगानी १३६ अर्ब डलर रहेको रोयटर्सले उल्लेख गरेको छ।
प्रोसस आफ्नै मूल्यांकन हाल उक्त स्टेकको भन्दा कम अर्थात् १०९.८ अर्ब डलर रहेको छ।
‘यसले तत्कालै शेयरधनीका लागि मूल्यांकनको ढोका खोल्छ किनकि हामी टेन्सेन्टको शेयर पूर्ण मूल्यांकनमा बेचिरहेका छौं र आफ्ना स्टक उल्लेख्य छुटमा किनिरहेका छौं’, प्रोससका सीईओ बेजल गोर्दोसले बताए।
प्रकाशित: १४ असार २०७९, मंगलवार