सार्वजनिक हुनु अघि ‘नथिङ फोन १’ बुकिङ एक लाख नाघ्यो

  • Technology Khabar | १३ असार २०७९, सोमबार
सार्वजनिक हुनु अघि ‘नथिङ फोन १’ बुकिङ एक लाख नाघ्यो

काठमाडौं ।

नथिङ फोन १ जुलाई १६ मा सार्वजनिक हुँदैछ।

सार्वजनिक हुनुपूर्व नथिङ फोन-१ एक लाख यूनिटभन्दा धेरै प्रि-बुकिङ भइसकेको छ।

नथिङ कम्पनीका संस्थापक कार्ल पेईले ट्वीट गर्दै बुकिङको जानकारी दिएका हुन्।

फोनको प्रि-अर्डर नथिङ टेक वेबसाइटमा उपलब्ध गराइएको छ। ग्राहकले जुन ३० सम्म नथिङ फोन १ प्रि बुक गर्न सक्नेछन्।

२ हजार भारुमा फोन बुक गर्न सकिन्छ।

कम्पनीले हालसम्म स्मार्टफोनको मूल्यको सन्दर्भमा कुनै जानकारी दिएको छैन। जागरणका अनुसार नथिङ फोन १ को मूल्य ४० हजार भारुको आसपास रहनेछ।

नथिङ फोन १ को स्पेसिफिकेसनको कुरा गर्दा यसमा रहेको ६.५५ इन्चको ओएलईडी डिस्प्लेले १०८०x२४०० पिक्सेल रेजोल्युसन सपोर्ट गर्छ।

फोन फ्ल्याट प्यानल डिस्प्लेका साथ उपलब्ध हुनेछ। फोनको मुख्य क्यामरा ५० मेगापिक्सेल र सेल्फी क्यामरा १६ मेगापिक्सेलको हुनेछ।

४५०० एमएएच ब्याट्रीले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोनमा क्वालकम स्न्यापड्रागन ७७८जी प्लस चिपसेट प्रयोग गरिनेछ। फोनमा एन्ड्रोइड १२ मा आधारित नथिङ ओएसबाट सञ्चालित हुनेछ।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...