पौडी खेल्न गएका इथिकल ह्याकर विनित घिमिरे मृत भेटिए

  • Technology Khabar | १३ असार २०७९, सोमबार
पौडी खेल्न गएका इथिकल ह्याकर विनित घिमिरे मृत भेटिए

काठमाडौं ।

युवा इथिकल ह्याकर विनित घिमिरे मृत भेटिएका छन्। गत बिहीबार साथीहरूसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका घिमिरेको शव शनिबार बेलुका ६ बजेतिर नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणीधाम नजिकै भेटिएको छ।

प्रहरीकाअनुसार २४ वर्षीय घिमिरे बिहीबार बिहान करिब १० बजेतिर भरतपुर शिवघाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

मृतक घिमिरे पछिल्लो समय लिपफ्रग टेक्नोलोजी नामक आईटी कम्पनीमा आवद्ध थिए। यूनाइटेड टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विनित फुल स्ट्याक वेब डेभलपर तथा वेब नेटवर्क पेनिट्रेसन टेस्टरको रूपमा समेत सक्रिय थिए ।

प्रकाशित: १३ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार