मोबाइल ब्रोडब्याण्ड: थ्रीजीका घट्ने र फोरजीका बढ्ने प्रवृत्तिमा निरन्तरता

  • Technology Khabar | १२ असार २०७९, आईतवार
मोबाइल ब्रोडब्याण्ड: थ्रीजीका घट्ने र फोरजीका बढ्ने प्रवृत्तिमा निरन्तरता

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या माघ मसान्तसम्म २ करोड ८७ लाख ४३ हजार १८० पुगेको छ।

यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत्र २०७८ सम्मको तथ्यांकअनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या अघिल्लो महिनाको तुलनामा १० हजार ५१८ ले बढेको हो।

अघिल्लो महिना अर्थात्  फागुन मसान्तसम्म उक्त सङ्ख्या २ करोड ८७ लाख ३२ हजार ६६२ रहेको थियो।

२०७८ चैत्र महिनाको समग्र २ करोड ८७ लाख ४३ हजार १८० ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या २ करोड ४१ हजार १२९ रहेको छ।

यो सङ्ख्यामा थ्रीजीका प्रयोगकर्ता ९४ लाख ८२ हजार ५८० तथा फोरजीका १ करोड ४ लाख २१ हजार ९७६ का साथै ईभीडीओका १ लाख ३६ हजार ५७३ समावेश छन्।

तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता ८५ लाख ४२ हजार ६०५ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता २० लाख २० हजार ५८६ तथा फोरजीका ६५ लाख २२ हजार १९ रहेका छन्।

यस्तै स्मार्ट टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ लाख ५९ हजार ४४६ रहेको छ। स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ।

फोरजी: टेलिकमको बढ्यो, एनसेल र स्मार्ट  दुवैले गुमाए

चैत्र महिनाभरिमा नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक थपेको छ भने एनसेल र स्मार्ट टेलिकमले गुमाएका छन्।

फोरजीका हकमा १ महिनामा नेपाल टेलिकमले ५ लाख २८ हजार १०२ ग्राहक थपेको छ। यस्तै एनसेलले ६१ हजार ८३९ र  स्मार्ट टेलिकमले ४ हजार ६६४ ग्राहक गुमाएको प्रतिवेदनले देखाएको छ।

थ्रीजी: टेलिकमले ४ लाख माथि गुमायो, एनसेलले थप्यो

चैत्र महिनाभरिमा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो महिनाको तुलनामा लाख ६१ हजार १४९ ग्राहक गुमाएको छ भने एनसेलले १० हजार १०८ ग्राहक थपेको छ।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार