नासाको अन्तरिक्ष यानले फेला पार्यो चन्द्रमामा रहस्यमय रकेट दुर्घटनाको प्रमाण !

  • Technology Khabar | १२ असार २०७९, आईतवार
नासाको अन्तरिक्ष यानले फेला पार्यो चन्द्रमामा रहस्यमय रकेट दुर्घटनाको प्रमाण !

काठमाडौं ।

अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमामा खसेको रकेट बडीबाट बनेको क्रेटर फेला पारेका छन्। वैज्ञानिकहरुका अनुसार यो खाडल करिब तीन महिना अघिको हो।

यसै वर्षको सुरुमा, खगोलविद्हरूले अज्ञात रकेटको शरीर चन्द्रमामा ठोक्किन लागिरहेको पत्ता लगाएका थिए। त्यसका लागि ४ मार्चको दिन तोकिएको थियो। यसको खस्ने स्थानको बारेमा गणना गरिएको थियो, जहाँ सो रकेटको शरीर खस्न सक्छ। यो हर्जप्रङ्ग क्रेटरमा खसेको फेला पर्यो। हर्जप्रङ्ग क्रेटर (Hertzsprung Crater) चन्द्रमाको अर्को छेउको सतहमा ५७० किमी चौडा क्षेत्र हो।

त्यसबेला वैज्ञानिकहरूले जे अनुमान लगाएका थिए त्यो एकदम सही साबित भएको छ। नासाको लुनार रिकोनासेन्स अर्बिटर (एलआरओ) मिसनका अन्वेषकहरूले घोषणा गरेका छन्- अन्तरिक्ष यानले चन्द्रमामा एउटा नयाँ क्रेटर फेला पारेको छ जहाँ रकेट खस्नुपर्ने थियो।

वास्तवमा लुनार रिकोनासेन्स अर्बिटर इमेजरीले त्यस्ता दुईओटा क्रेटरहरूको गणना गरेको छ। ती मध्ये एउटा पूर्वतर्फ ५९ फिट चौडा खाल्डो छ भने अर्को ५२ फिट चौडा खाडल छ जुन पहिलोको मुनि गाडिएको छ र पश्चिमतर्फ फर्किएको छ।

एरिजोना स्टेट युनिभर्सिटीमा मिसनका प्रमुख अन्वेषक मार्क रोबिन्सनले भने, “वैज्ञानिकहरूले दुईओटा ठूला क्रेटरको अपेक्षा गरेका थिएनन्। यद्यपि, यसले सुझाव दिन्छ कि खसेको रकेटको दुबै छेउमा ठूलो आकार भएको हुनुपर्छ। खाली भएको रकेटको मोटरको एक छेउमा ठूलो तौल हुन्छ जसमा इन्धनको खाली ट्याङ्की हुन्छ।”

चन्द्रमामा दुर्घटना भएको रकेट अझै अज्ञात रहेको रोबिन्सनले बताए। त्यो रकेट कहाँबाट आएको हो कसैलाई थाहा छैन। पहिले यो २०१५ मा डीस्कभर (DSCOVR) द्वारा लन्च गरेको स्पेसएक्स फाल्कन ९ रकेटको माथिल्लो स्टेज हुन सक्ने अनुमान गरिएको थियो तर त्यसपछि, जब यसको गहिराइमा अनुसन्धान गरियो, वैज्ञानिकहरूले भने कि यो चीनको लङ मार्च बूस्टरको हिस्सा हुन सक्छ जुन २०१४ मा चीनको चाङ्गे ५टी १ मिसनमा लन्च गरिएको थियो। तर चीनले उक्त दाबीलाई अस्वीकार गरेको छ।

यहाँ अर्को कुराले वैज्ञानिकहरूलाई अन्योलमा पारेको छ। यसअघि पनि रकेटका केही भाग चन्द्रमामा खसेका थिए। तर यो रकेट खसेर बनेको जस्तो आकार यसभन्दा अगाडि पहिले कहिल्यै बनेको थिएन। कुनैपनि रकेटको भागले दुबै छेउमा खाडल बनाएको छैन। त्यसैले यो रकेट अहिलेसम्म रहस्यमै छ।

यहाँ प्रश्न उठ्छ कि पृथ्वी बाहेक अरु कुनै यस्तो संसार छ जहाँबाट रकेट जस्तो वस्तु पृथ्वीतर्फ पठाउन सकिन्छ ? वैज्ञानिकहरु यस गुमनाम रकेटको रहस्य पत्ता लगाउन कोशिस गरिरहेका छन्।

प्रकाशित: १२ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार