
काठमाडौं ।
अन्तरिक्ष मिसनमा अब दक्षिण कोरिया पनि समावेश भएको छ। एसियामा भारत, चीन र जापान यस क्षेत्रका मास्टर खेलाडी हुन्। अब दक्षिण कोरियाको नयाँ नाम दर्ता भएको छ।
मंगलबार, देशले आफ्नो दोस्रो प्रयासमा पहिलो घरेलु निर्मित अन्तरिक्ष रकेट प्रक्षेपण गर्यो। दक्षिण कोरियाले केही महिना अघि पनि यो रकेट उडाउने प्रयास गरेको थियो तर त्यसपछि सो रकेटले पेलोडलाई कक्षमा राख्न सकेन।
दोस्रो प्रयासको सफलताले दक्षिण कोरियाको अन्तरिक्ष अभियानलाई बढावा दिनेछ। उसले आफ्नो प्रतिद्वन्द्वी उत्तर कोरियामाथि पनि अग्रता हासिल गरेको देखिनेछ।
समाचार एजेन्सीको रिपोर्टअनुसार दक्षिण कोरियाले गत अक्टोबरमा पहिलो पटक प्रयास गरेको थियो। त्यसपछि यसको रकेटको डमी पेलोड ७०० किलोमिटर (४३५ माइल) को आवश्यक उचाइमा पुग्यो, तर कक्षमा प्रवेश गर्न सकेन। यो रकेटको तेस्रो चरणको समयमा पुग्नु अगाडि नै जलेको थियो।
मंगलबार फेरि रकेट प्रक्षेपणको प्रयास गरियो। तीन चरणको नुरी रकेट दक्षिण कोरियाको एकमात्र अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट अपरान्ह ४ बजे उडेको थियो । यदि यो प्रक्षेपण पूर्णतया सफल भयो भने, दक्षिण कोरिया आफ्नो प्रविधिको साथ अन्तरिक्षमा स्याटेलाइट स्थापना गर्ने विश्वको १० औं देश बन्नेछ।
दक्षिण कोरिया विश्वको १० औं ठूलो अर्थतन्त्र हो, तर यसको अन्तरिक्ष विकास कार्यक्रम भारत, चीन र जापान जस्ता एशियाली देशहरू भन्दा निकै पछाडि छ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापकाअनुसार २०० टनको नुरी, जसलाई केएसएलभी टू (KSLV-II) पनि भनिन्छ, कोरियाको दक्षिणी तटीय गाउँ गोहेउङको नारो स्पेस सेन्टरबाट साँझ ४ बजे प्रक्षेपण भएको थियो। र यसको उडान क्रम सफलतापूर्वक पूरा गरेको विज्ञान तथा आईसीटी मन्त्रालयले जनाएको छ।
रकेटले योजना अनुसार नै ७०० किलोमिटरको उचाइमा भूउपग्रह पनि तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार ती मध्ये, एक परफरमेन्स प्रमाणीकरण भूउपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो।
रुस, संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, जापान र भारतपछि दक्षिण कोरिया १ टनभन्दा बढी क्षमताको स्याटेलाइट बोक्न सक्ने अन्तरिक्ष प्रक्षेपण वाहन अर्थात लन्चिङ्ग भेहिकल विकास गर्ने विश्वको सातौं देश बनेको छ ।
यस पटक, नुरीलाई रकेटको क्षमता परीक्षण गर्नको लागि १६२.५-किलोग्राम तौलको परफरमेन्स भेरिफिकेसन स्याटेलाइट, र चार क्यूब स्याटेलाइटहरूका साथमा शैक्षिक अनुसन्धान उद्देश्यका लागि चार दक्षिण कोरियाली विश्वविद्यालयहरूले विकास गरेको १.३ टन डमी स्याटेलाइटसहित लोड गरिएको थियो।
सन् १९९० को शुरुवात देखि, दक्षिण कोरियाले धेरै स्याटेलाइटहरु अन्तरिक्षमा पठाएको छ। तर, यी सबै विदेशी प्रक्षेपण साइटहरू र विदेशी प्रविधिबाट बनेका रकेटहरूबाट प्रक्षेपण गरिएको थियो।
सन् २०१३ मा पहिलो पटक दक्षिण कोरियाले आफ्नो भूमिबाट स्याटेलाइट प्रक्षेपण गरेको थियो । यद्यपि यसको पहिलो चरण रूसले बनाएको थियो। दक्षिण कोरियाले हालैको प्रक्षेपणको बारेमा पुष्टि गरेको छ, यो प्रक्षेपणको कुनै सैन्य उद्देश्य छैन।
दक्षिण कोरियाको प्रतिद्वन्द्वी उत्तर कोरियाले पनि अन्तरिक्ष कार्यक्रममा हात हालेको छ । यसले सन् २०१२ र २०१६ मा आफ्नो पहिलो र दोस्रो भूउपग्रह कक्षमा पठाएको थियो। तर ती स्याटेलाइटहरूले कहिले अन्तरिक्षबाट पृथ्वीमा कुनै डाटा पठाएको हो भन्ने अहिलेसम्म थाहा छैन।
प्रकाशित: ११ असार २०७९, शनिबार