
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखापरीक्षकबाट हुनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स सङ्घ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकले गर्नुपर्ने बताए।
अडिटर नै डिजिटल कारोबारको विज्ञ भएको पनि उनले बताए। मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सीलगायत अन्य धेरै कारोबार भइरहेको बताए। उनले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको प्रष्ट पारे।
मन्त्री शर्माले भने, ‘‘अर्थतन्त्रमा समस्या धेरै छन् । अहिले नयाँ डिजिटल प्रविधिबाट कारोबार भइरहेका छन् । ती कारोबारको बारेमा अध्ययन गर्ने कसले हो ? यहाँहरु नै विज्ञ हुनुहुन्छ । यहाँहरुले नै अध्ययन गर्नुपर्छ ।”
अहिलेको युग नै डिजिटलमा गैरहेको उनले बताए। क्रिप्टोलगायतका तमाम कारोबार भइरहेको उनले बताए। यी सबै कारोबारको अध्ययन कसरी गर्ने, नेपालको अर्थतन्त्रमा कहाँ समस्या छ कसले अध्ययन गर्ने ?”
मन्त्री शर्माले लेखापरीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताए ।
त्यस्तै महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको बताए। वर्षदेखि सरकारका सबै अडिट अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावका कारण समस्या देखिएको उनको भनाइ छ । अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारी सबैमा प्रविधिको जानकारी नहुँदा समस्या हुने बताए। गोरखापत्रबाट
प्रकाशित: ११ असार २०७९, शनिबार