सामसङको हालसम्मकै सबैभन्दा सानो २०० मेगापिक्सेल क्यामरा सेन्सर सार्वजनिक

  • Technology Khabar | ११ असार २०७९, शनिबार
सामसङको हालसम्मकै सबैभन्दा सानो २०० मेगापिक्सेल क्यामरा सेन्सर सार्वजनिक

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले हालै अहिलेसम्मकै सबैभन्दा सानो आकारको २०० मेगापिक्सेलको स्मार्टफोन क्यामरा सेन्सर सार्वजनिक गरेको छ।

विशेषगरी पातला आकारका प्रिमियम स्मार्टफोनका लागि लक्षित गरेर ल्याइएको उक्त सेन्सरको नाम आईएसओसेल एचपी३ रहेको छ।

यो सेन्सरमा प्रत्येक पिक्सेलमा अझ सुधारिएको लो लाइटमा खिच्नसक्ने, अटोफोकस तथा अधिकतम डाइनामिक रेन्जका लागि मल्टीगेन आईएसओलगायतका फिचरहरु रहेका छन्।

एचपी३ सेन्सरको आकार १/१.४ इन्चको रहेको र यो २०० मेगापिक्सेलका लागि धेरै सानो रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

सामसङले यो ०.५६ माइक्रोन पिक्सेल रहेको उद्योगकै सबैभन्दा सानो रहेको दावी गरेको छ। गत वर्ष सार्वजनिक भएको आईएसओसेल एचपी१ मा रहेको ०.६४ माइक्रोन पिक्सेलको तुलनामा अझ सानो भएको पाइएको छ।

तर उसको दावी अनुसारको ०.५६ माइक्रोन पिक्सेलको २०० मेगापिक्सेल सेन्सर चिनियाँ निर्माता ओम्निभिजनले गत फेब्रुअरीमा नै ल्याइसकेको छ।

प्रकाशित: ११ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...