मस्क भन्छन्: मैले कसैलाई क्रिप्टोकरेन्सीमा लगानी गर्न सुझाव दिएको छैन

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
मस्क भन्छन्: मैले कसैलाई क्रिप्टोकरेन्सीमा लगानी गर्न सुझाव दिएको छैन

काठमाडौं ।

टेस्‍लाका सीईओ इलन मस्‍कले पटक पटक क्रिप्टोकरेन्सीका बारेमा आफ्ना धारणा व्यक्त गर्दै आइरहेका छन्। विशेष गरी उनलाई मीम क्वाइन तथा डजिक्वाइनको पक्षधर मानिन्छ।

गत वर्ष उनको एक टिप्‍पणीपछि डजिक्वाइनको मूल्य ३५ प्रतिशतसम्म बढेको थियो। एक पटक उनले आफ्नो ट्वीटमा ‘बेबी डजि’ भन्ने शब्द प्रयोग गरेका थिए त्यसपछि ‘बेबी डजिक्वाइन’ को मूल्य ९० प्रतिशतसम्म बढेको थियो।

ग्याजेट्स३६० का अनुसार तर अहिले आएर भने मस्‍कले आफूले कहिल्यै मानिसहरुलाई क्रिप्टोकरेन्सीमा लगानी गर्न सुझाव नदिएको बताएका छन्। उनले आफूले बिटक्वाइनमा लगानी गरेको तर यो उनको समग्र सम्पत्तिको सानो हिस्सामात्र रहेको छ।

क्रिप्टोपोट्याटोको रिपोर्ट अनुसार ब्लूमबर्गका लागि उनले हालै दिएको एउटा अन्तरवार्तानमा मस्कले कहिले पनि मानिसहरुलाई क्रिप्टो इकोसिस्‍टममा सहभागी हुन प्रेरित नगरेको बताएका छन्।

मस्कले भने, ‘मैले कहिले पनि मानिसहरुलाई क्रिप्टोमा लगानी गर्नुपर्छ भनेर भनिनँ।’

अघिल्लो वर्ष मस्‍कले आफूसँग बिटक्वाइन, ईथेरियम तथा डजिक्वाइन जस्ता क्रिप्‍टोकरेन्सी रहेको बताएका थिए भने अहिले बिटक्वाइन आफ्नो पोर्टफोलियोको अंश भएको तर आफ्नो कुल सम्पत्तिको सानो अंशमात्र भएको बताएका हुन्। मस्‍कले टेस्ला तथा स्पेसएक्सका सबैले केही बिटक्वाइन किनेको र यो उनीहरुको सम्पत्तिको सानो अंश भएको पनि बताएका छन्।

यसरी हेर्दा उनको हालको विचार अघिल्ला विचारभन्दा धेरै फरक पाइएको छ।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • १० असार २०७९, शुक्रबार