फोनबाट एन्ड्रोइड अटो हटाईँदै, गुगल असिस्टेन्ट ड्राइभिङ मोडद्वारा प्रतिस्थापित

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
फोनबाट एन्ड्रोइड अटो हटाईँदै, गुगल असिस्टेन्ट ड्राइभिङ मोडद्वारा प्रतिस्थापित

काठमाडौं ।

गुगलले करिब सात वर्षपछि फोनबाट एन्ड्रोइड अटो स्क्रिन हटाउन थालेको एक रिपोर्टमा उल्लेख छ। गत वर्ष अगस्टमा, गुगलले एन्ड्रोइड १२ बाट फोन स्क्रिन एप्लिकेसनको लागि स्ट्यान्डअलोन एन्ड्रोइड अटो बन्द गर्दैछ भनेर पुष्टि गरेको थियो।

यस महिनाको सुरुमा, फोन स्क्रिनका लागि एन्ड्रोइड अटो चाँडै काम गर्न बन्द हुनेछ भनेर केही प्रयोगकर्ताहरूका लागि पपअप सन्देश देखा परेको थियो। त्यतिबेला गुगलले बन्द हुने मिति तोकेको थिएन तर अहिले एन्ड्रोइड अटो गायब भएको खबर आउन थालेको छ ।

रेडिटमामा भएका पोस्टहरूलाई उद्धृत गर्दै ९टू५गुगलको एक रिपोर्ट अनुसार, गुगलले फोन स्क्रिनहरूको लागि एन्ड्रोइड अटो बन्द गर्न सुरु गरेको छ। यो एप २०१५ मा सुरु भएको थियो र अब लगभग सात वर्षपछि यसको अन्त्य हुँदैछ। रिपोर्टमा बताईएअनुसार गुगल असिस्टेन्ट ड्राइभिङ मोड फोन स्क्रिनहरूको लागि एन्ड्रोइड अटोको प्रतिस्थापन हुनेछ। यो कदममार्फत प्रयोगकर्ताहरूलाई गुगल असिस्टेन्ट ड्राइभिङ मोडमा सार्ने प्रयासको रूपमा हेरिएको छ।

अगस्ट २०२१ मा, गुगलले एक विज्ञप्तिमा टेक दिग्गजले फोन अनुभव चाहने प्रयोगकर्ताहरूलाई एन्ड्रोइड १२ बाट गुगल असिस्टेन्ट ड्राइभिङ मोडमा लैजाने घोषणा गरेको थियो। गुगललेद्वारा भनिएको ‘ड्राइभिङ मोड’ एक बिल्ट इन मोबाइल ड्राइभिङ अनुभव हो।

भर्खरैको रिपोर्टले एन्ड्रोइड अटो फर फोन स्क्रिन एप्लिकेसन जुन पुराना कारहरूमा एन्ड्रोइड अटो सुविधाहरू प्राप्त गर्न प्रयोग भइरहेको थियो बन्द हुँदैछ। रिपोर्टका अनुसार एन्ड्रोइड अटो फर फोन स्क्रिन एप्लिकेसनहरूमा पपअप सन्देश देखा परेको थियो जसमा फिचरले छिट्टै काम गर्न छोड्ने भनिएको छ।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार