
काठमाडौं ।
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन्। बुधबार राज्यका निर्देशक, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले सो घोषणा गरेका हुन्।
राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धित रहेर उठेका सबै विषयको जवाफ नदिएसम्म आफूले त्यसबेलासम्म यो नम्बर प्लेट जडान नगर्ने भन्दै जति वर्ष जेल हालेपनि हुने चेतावनी दिए।
उनले इम्बोस्ड नम्बर प्लेटमा गुणस्तर समेत नभएको र यसमा घोटालाको गन्ध आएकाले यो जडान नगर्ने बताएका हुन्।
बैठकमा यातायात विभागका महानिर्देशक नवराज घिमिरेले अहिलेलाई सरकारी गाडीहरुका लागि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जानकारी दिएका थिए।
उनले २०७८ फागुनपछि किनेका सबै नयाँ गाडीहरुमा इम्बोस्ड नम्बर राख भनिएको स्पष्टिकरण दिए।
यो पनि हेर्नुस्-
प्रकाशित: ८ असार २०७९, बुधबार