
काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।
बिगत २० वर्षदेखि कार्ड लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाइस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेटबीच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।
यस सम्झौतासँगै ५ लाख मोरू वालेट प्रयोगकर्ताले एक लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेटमार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्।
पे नेपको कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो।
प्रकाशित: ८ असार २०७९, बुधबार