रूसी मोबाइल अपरेटरहरूले ग्राहकसँग अब सिम शुल्क लिने

  • Technology Khabar | ८ असार २०७९, बुधबार
रूसी मोबाइल अपरेटरहरूले ग्राहकसँग अब सिम शुल्क लिने

काठमाडौं ।

प्रमुख रूसी मोबाइल अपरेटरहरूले सिमको लागि शुल्क चार्ज गर्न थालेका छन्। सदस्यता सम्झौता समाप्त गर्दा सो रकम भुक्तानी गणना गरिन्छ।

कोमरसेन्टको रिपोर्टअनुसार अपरेटरहरूले यसअघि ग्राहकहरूलाई सिममा अनुदान दिँदै आएका थिए।

तर अपरेटरहरूले पश्चिमी साझेदारहरूको सिमलाई चीनको सिमसँग बदल्नु पर्ने भएकाले पछिल्ला केही महिनाहरूमा सिमको लागत वार्षिक रूपमा २५० प्रतिशतले बढेको छ। सो मूल्य वृद्धि सेप्टेम्बर सम्म ४२० प्रतिशत पुग्न सक्ने बताईएको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...