सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच स्मार्ट क्यूआर प्रयोग गर्ने सम्झौता

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच स्मार्ट क्यूआर प्रयोग गर्ने सम्झौता

काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “सेन्चुरी पे” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आरमार्फत गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे।

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार