बिना सूचना बर्खास्त गरेकामा टेस्लामाथि पूर्व कर्मचारीद्वारा मुद्दा दायर

  • Technology Khabar | ८ असार २०७९, बुधबार
बिना सूचना बर्खास्त गरेकामा टेस्लामाथि पूर्व कर्मचारीद्वारा मुद्दा दायर

काठमाडौं ।

टेस्लाका एक पूर्व कर्मचारीले कम्पनीमाथि मुद्दा दायर गरेका छन्।

उनले कम्पनीले हालै गरेको थुप्रै कर्मचारीलाई पूर्व सूचना बिना गरेको बर्खास्तीले संघीय कानून उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको रोयटर्सले उल्लेख गरेको छ।

दुई जना कर्मचारीले टेस्लाको नेभादामा रहेको गिगाफ्याक्ट्रीबाट आफूहरुलाई निकालिएको भन्दै उक्त मुद्दा गत आइतबार टेक्ससमा दर्ता गराएका थिए।

उजुरीमा नेभादाको फ्याक्ट्रीका ५ सय जना कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ।

कम्पनीले धेरै कर्मचारी बर्खास्त गर्दा ६० दिनअघि सूचना दिनुपर्ने संघीय कानूनको बर्खिलाफ गरेको ती कर्मचारीले उजुरीमा उल्लेख गरेका रोयटर्सले जनाएको छ।

उनीहरुले गत मे र जुन महिनामा पूर्व सूचनाबिना बर्खास्त गरिएका सबै पूर्व कर्मचारीलाई क्लास एक्सनको दर्जा दिनुपर्ने माग पनि गरेका छन्।

‘टेस्लाले सामान्य रुपमा कर्मचारीलाई उनीहरुको बर्खास्ती तत्काल लागू हुने सूचना मात्र दिएको छ’, उजुरीमा लेखिएको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार