फेसबुकको मालिक मेटाले अवतारहरूको लागि हाई-फेसन कपडा स्टोर सुरु गर्दै

  • Technology Khabar | ६ असार २०७९, सोमबार
फेसबुकको मालिक मेटाले अवतारहरूको लागि हाई-फेसन कपडा स्टोर सुरु गर्दै

काठमाडौं ।

फेसबुकको मालिक कम्पनी मेटा प्लेटफर्मले हाइ फेसन कपडा स्टोर सुरू गर्ने भएको छ। यस सम्बन्धमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले शुक्रबार उनी डिजिटल कपडा स्टोर खोल्न लागेको र जहाँ प्रयोगकर्ताहरूले आफ्नो अवतारका लागि डिजाइनर कपडाहरू किन्न सक्ने बताएका छन्।

इन्स्टाग्राम लाइभमा बोल्दै जुकरबर्गले स्टोर लन्चमा भाग लिने प्रारम्भिक फेसन ब्रान्डहरू बालेन्सियागा, प्राडा र थम ब्राउन हुने बताए।

तर मेटाले स्टोरलाई खुला बजार बनाउने लक्ष्य राखेको छ जहाँ विकासकर्ताहरूले डिजाइनहरू सिर्जना गर्न र कपडाहरू बेच्न सक्छन्।

कम्पनीले यसअघि नै प्रयोगकर्ताहरुको लागि अवतारहरु पेश गरेको छ। जहाँ यूजरले आफ्नो अनुसार डिजिटल स्वरुप बनाएर फेसबुकमा प्रयोग गर्न सक्दछ।

प्रकाशित: ६ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार