
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र अर्थात बालेन शाहको नाममा सोशल मिडियामा फिशिङ्ग आक्रमणको शुरुवात भएको छ।
स्थानीय तहको निर्वाचनमा चर्चामा रहँदै मेयर निर्वाचित भएका शाहको नाम र तस्बिर प्रयोग गरेर सामाजिक संजालहरुमा फिशिंग आक्रमणको लिंक सेयर भईरहेको देखिएको छ।
उनको नाम राखेर ह्याकरहरुले १ लाख रुपैयाँ उपहार दिने भन्दै ग्रुपमा लिंक सेयर गर्न भनेका छन्।
जसमा सो जानकारीलाई अन्य १० ओटा लिंकमा सेयर गर्न भनिएको छ।
यस्तो लिंकमार्फत ह्याकरहरुले सोशल मिडिया प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारीहरु चोर्ने र त्यसको दूरुपयोग गर्ने गर्दछन् ।
यसअघि पनि विभिन्न चर्चित व्यक्तिहरुको नाममा यसरी सामाजिक संजालमा फिशिङ्ग आक्रमण हुँदै आएको छ।
यस्तो लिंक सेयर गरिँदै-

प्रकाशित: ५ असार २०७९, आईतवार