
काठमाडौं ।
सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित १ अर्ब ९० करोड चुक्ता पूँजी भएका ११ कम्पनी नेपालमा दर्ता भएका छन्।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजीका ११ कम्पनी दर्ता भएका हुन्।
जसमा ७ विदेशी र ४ नेपाली कम्पनी छन्। ७ कम्पनीमा सतप्रतिशत विदेशी र ४ कम्पनीमा सतप्रतिशत नेपाली लगानी रहेको छ।
विभागमा दर्ता भएका ११ कम्पनी मध्ये एक कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ छ भने बाँकीको चुक्ता पूँजी १५ करोड रुपैयाभन्दा कम छ।
एक अर्ब चुक्ता पूँजी हुनेमा प्रभु डिजिटल लिमिटेड रहेको छ। प्रभु डिजिटल नेपाली कम्पनी हो। विभागका अनुसार २०७८ मंसिर २२ गते प्रभु डिजिटलले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने भन्दै कम्पनी दर्ता गरेको छ। उक्त उद्योगले १८१ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेछ।
नेपालीको लगानी रहेको अन्य कम्पनीमा मिदास एजुकेशन, रोजगारी सर्भिसेज, कुराकानी अनलाइन रहेका छन्।
१५ करोड चुक्ता पुँजी रहेको मिदास एजुकेशनले ५६ जनालाई रोजगारी प्रदान गर्नेछ।
१० करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको रोजगारी सर्भिसेजले ४३ जनालाई रोजगारी प्रदान गर्नेछ।
यस्तै ४१ जनालाई रोजगारी प्रदान गर्ने भनेको कुराकानी अनलाइनको चुक्ता पूँजी १२ करोड रुपैयाँ छ।
पूर्ण विदेशी लगानी रहेको कम्पनीमा डियरहोल्ड नेपाल, रिडक्ट भिडियो नेपाल, एसडीएस सफ्टवेयर डेभलपमेन्ट नेपाल, साउथ एसिया इन्टरनेट टेक्नोलोजी, हाउजेङ बिजनेश हव, स्मार्टमुभ नेपाल र लाइटहाउस नेपाल इन्फोटेक रहेका छन्।
५ करोड चुक्ता पूँजी रहेको डियरहोल्ड नेपालले ११० जनालाई रोजगारी प्रदान गर्नेछ।
५ करोड चुक्ता पूँजी रहेको रिडक्ट भिडियो नेपालले १२५ जनालाई रोजगारी प्रदान गर्नेछ।
एसडीएस सफ्टवेयर डेभलपमेन्ट नेपालको चुक्ता पूँजी ५ करोड रुपैयाँ छ र कम्पनीले ५८ जनालाई रोजगारी प्रदान गर्नेछ।
१० करोड चुक्ता पूँजी रहेको साउथ एसिया इन्टरनेट टेक्नोलोजीले २० जनालाई रोजगारी प्रदान गर्नेछ।
हाउजेङ बिजनेश हवको चुक्ता पूँजी १५ करोड रुपैयाँ छ। कम्पनीले १७० जनालाई रोजगारी प्रदान गर्नेछ।
७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको स्मार्टमुभ नेपालले २३ जनालाई रोजगारी प्रदान गर्नेछ।
५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लाइटहाउस नेपाल इन्फोटेकले ६२ जनालाई रोजगारी प्रदान गर्नेगरी उद्योग दर्ता गरेको छ।
प्रकाशित: ४ असार २०७९, शनिबार