पोको एक्स४ जीटी आगामी जुन २३ मा सार्वजनिक हुने

  • Technology Khabar | ३ असार २०७९, शुक्रबार
पोको एक्स४ जीटी आगामी जुन २३ मा सार्वजनिक हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड पोकोले आफ्नो आउँदै गरेको स्मार्टफोन आगामी जुन २३ मा सार्वजनिक गर्ने भएको छ।

कम्पनीले बिहीबार उक्त मितिमा पोको एफ४ फाइभजी सार्वजनिक हुने आधिकारिक जानकारी बाहिर ल्याएको थियो तर चिर प्रतीक्षित पोको एक्स४ जीटी पनि त्यही मितिमा आउने सुनिश्चित भएको छ।

जुन २३ का लागि तय गरिएको उक्त इभेन्ट स्थानीय समय अनुसार साँझ ५:३० मा शुरु हुने र यसलाई यूट्युब, फेसबुक ताथ ट्विटरमा लाइभस्ट्रिम गरिने जीएसएमएनाले उल्लेख गरेको छ।

हालसम्म बाहिर आएका चर्चा अनुसार पोको एक्स४जीटी यसअघि बजारमा उपलब्ध रेडमी नोट ११टी प्रोको रिब्रान्डेड भर्सन हुने बुझिएको छ।

यसैले यसमा १४४ हर्ज रिफ्रेश रेटयुक्त ६.६ इन्चको फुल एचडी+ एलसीडी डिस्प्ले तथा डाइमेन्सिटी ८१०० चिपसेट रहनेछ। यो डिभाइसमा ६७ वाट फास्ट चार्जिङयुक्त ५, ०८० एमएएचको ब्याट्री दिइएको छ। यसबाहेकका अन्य जानकारी भने बाहिर नआएको बुझिएको छ।

प्रकाशित: ३ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ३ असार २०७९, शुक्रबार