बिटक्वाइनको लगानीमा टेस्लाले ६०० मिलियन अमेरिकी डलर गुमायो

  • Technology Khabar | २ असार २०७९, बिहीबार
बिटक्वाइनको लगानीमा टेस्लाले ६०० मिलियन अमेरिकी डलर गुमायो

काठमाडौं ।

बिटक्वाइनमा गरिएको लगानीका कारण टेस्लाले अर्बौं रुपैयाँ गुमाएको छ। टेस्लाले सन् २०२१ को शुरुवातमा बिटक्वाइनमा १.५ बिलियन अमेरिकी डलर लगानी गरेको गिगचाइनाले उल्लेख गरेको छ।

साथै कम्पनीले आफ्नो इलेक्ट्रिक कारको भुक्तानी पनि बिटक्वाइनबाट गर्न सकिने व्यवस्था गरेको थियो। तर केही समयपछि भने टेस्लाले बिटक्वाइन मार्फत् गरिने भुक्तानी बन्द गरेको थियो।

यो वर्षको शुरुवातमा टेस्लाको बिटक्वाइनमा गरिएको लगानीको पोर्टफोलियो करिब २ बिलियन अमेरिकी डलर पुगेको थियो। हाल टेस्लाको बिटक्वाइन पोर्टफोलियो ९०५ मिलियन अमेरिकी डलरमा झरेको छ।

बिटक्वाइमा गरिएको लगानीमा कम्पनीले करिब ६०० मिलियन अमेरिकी डलर घाटा बेहोर्नु परेको छ।

कम्पनीले आफ्नो कुल नगद सम्पतिको १० प्रतिशतभन्दा कम बिटक्वाइनमा लगानी गरेको छ। कम्पनीको कुल पुँजीकरणको यो ०.१ प्रतिशत पनि होइन।

बिटक्वाइटको मूल्यह्रासले कम्पनीको वित्तीय अवस्था नाजुक नहुने गिगचाइनाले उल्लेख गरेको छ।

कम्पनीका प्रमुख इलन मस्कले आफ्नो निजी सम्पत्तीबाट बिटक्वाइनमा लगानी गरेका हुन्। उनले उनको यो दीर्घकालीन लगानी भएकाले बिटक्वाइनको मूल्यमा हुने उतारचढावलाई उनले धेरै महत्व दिने गरेका छैनन्।

क्रिप्टोकरेन्सीको उत्खनन वातावरणका लागि कम हानिकारक भएपछि मात्र टेस्लाले बिटक्वाइन मार्फत् विद्युतीय सवारी खरिदका लागि भुक्तानी पुन शुरु गर्ने योजना बनाएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Auto expands EV portfolio in Nepal with Chetak C2501 and C3503 launches

  • Technology Khabar
  • २ असार २०७९, बिहीबार
Desktop Popup ImageMobile Popup Image×