बागमती प्रदेशले ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने

  • Technology Khabar | २ असार २०७९, बिहीबार
बागमती प्रदेशले ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने
फाइल तस्बिर

काठमाडौं ।

बागमती प्रदेशले ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् बागमती प्रदेशले अनुसन्धानलाई व्यवस्थित ढंगले अघि बढाउने ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने भएको हो।

साथै, युवाहरुलाई वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य सहित इनोभेसन सेन्टर स्थापना गर्न तथा सम्भाव्यताका आधारमा ज्ञान ग्रामको स्थापना गर्न बजेटको व्यवस्था गरिएको छ।

यस्तै, प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको प्रक्रिया शुरु गरिनेछ। उच्च शिक्षा परिषद् सचिवालय व्यवस्थापन र सम्भाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

विद्यार्थीलाई डिजिटल सिकाई सामाग्रीको पहुँच अभिवृद्धि गर्न र विज्ञान प्रयोगशाला स्थापना गर्न बजेट व्यवस्था गरिएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches ‘Shake and Win’, surprise rewards to customers

  • Technology Khabar
  • २ असार २०७९, बिहीबार