
काठमाडौं ।
थ्रीजीपीपी र्यानको यहि जुन ६ देखि ९ सम्म भएको #९६ प्लानरी बैठकमा तेस्रो पुस्ता पार्टनरसिप परियोजना थ्रीजीपीपी(3GPP) ले अपर ६ गिगाहर्ज स्पेक्ट्रम (U6G, 6425-7125 MHz) को रिलीज १७ को पार्ट, एनआर नम्बर एन १०४ को लागि आईएमटी लाइसेन्स ब्यान्डको रूपमा अनुमोदन कार्य पूरा गरेको छ।
थ्रीजीपीपीले यस स्पेक्ट्रमको लागि उत्पादनहरू विकास गर्न उद्योग चेनको लागि स्टान्डर्ड आधार प्रदान गर्न नेटवर्क र प्रयोगकर्ता उपकरण दुवैको लागि यस ब्यान्डको आरएफ स्पेसिफिकेशनहरू स्वीकृत गरेको छ। यस बैठकमा रिलीज १८ को पार्टको रूपमा आईएमटीको लागि सम्पूर्ण ६गिगाहर्ज ब्यान्ड (५९२५–७११२५ मेगाहर्ज) स्पेसिफाई गर्न जारी प्रयासहरूलाई निरन्तरता दिने सम्बन्धमा एक प्रस्ताव पनि पेश गरिएको थियो । यो सम्पूर्ण ६ गिगाहर्ज ब्यान्डलाई आईएमटी लाइसेन्स ब्यान्ड बनाउने प्रक्रिया एक प्रमुख माइलस्टोन हो।
मोबाइल उद्योग डिजिटल रूपान्तरणको इन्जिन हो जसलाई ६ गिगाहर्ज जस्ता मिड-ब्यान्ड स्पेक्ट्रमले उर्जा प्रदान गर्ने
देशको राष्ट्रिय विकास रणनीतिहरू कार्यान्वयन गर्न मोबाइल सञ्चार महत्त्वपूर्ण स्तम्भ भएको छ र मोबाइल उद्योगको दिगो विकास राष्ट्रिय डिजिटल रूपान्तरणको लागि महत्वपूर्ण छ। ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स एसोसिएसन (जीएसएमए) ले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू) द्वारा प्रस्तावित ५जी डाटा दरहरूको भिजनलाई साकार पार्न २०१५ देखि २०३० सम्ममा कम्तिमा २ गिगाहर्ज मिड-ब्यान्ड स्पेक्ट्रम जारी गर्न मुलुकहरूलाई आग्रह गरेको छ। ५९२५ मेगाहर्जदेखि ७१२५ मेगाहर्जसम्मको ६ गिगाहर्ज ब्यान्ड मिड-ब्यान्ड स्पेक्ट्रमको महत्त्वपूर्ण भाग रहेको छ। कभरेजमा कम ब्यान्ड र क्षमतामा उच्च ब्यान्डको फाइदाहरू प्रदान गर्दै यसले अपरेटरहरूलाई कम प्रति-बिट लागतमा सर्वव्यापी ५जी उच्च-ब्यान्डविथ सेवाहरू प्रदान गर्न सक्षम बनाउँछ, इमर्जिङ्ग ५जी सेवाहरूको निरन्तर इनोभेसनलाई बढावा दिन्छ र समाजमा डिजिटल रूपान्तरणलाई गति दिन्छ।
मोबाइल उद्योगमा ६गिगाहर्जको मानकीकरण प्रक्रिया र इकोसिस्टम विकासलाई गति दिन विश्वव्यापी प्रयासहरू
थ्रीजीपीपीद्वारा डिसेम्बर १७, २०२१ मा र्यान प्लानरी बैठकमा प्रारम्भ भएको आधा वर्ष पछि नयाँ आईएमटी लाइसेन्स ब्यान्डको रूपमा यू६जीको मानकीकरण पूरा भएको छ । यसका लागि विश्वव्यापी अपरेटर, उपकरण विक्रेता, उपकरण र चिपसेट विक्रेता र अन्य उद्योग साझेदारहरूको संयुक्त प्रयासलाई श्रेय दिइएको छ । यसले यू६जीलाई आईएमटी लाइसेन्स ब्यान्डको रूपमा छिटो प्रवर्द्धन गर्ने मोबाइल उद्योगको संकल्प पनि देखाउँदछ । यू६जीको लागि मानकीकृत आरएफ स्पेसिफिकेशनहरूले मोबाइल नेटवर्क, उपकरण र इकोसिस्टम विकास गर्न उद्योग चेनलाई बढावा दिनेछ । हाल, ६ गिगाहर्ज आईएमटीमा फिल्ड परीक्षणहरू राम्ररी चलिरहेको छ जसले २०२५ सम्म ६ गिगाहर्ज आईएमटी को पूर्व-व्यावसायिक तैनाथी लागू गर्न बाटो बनाउँदैछ।
विश्वव्यापी आईएमटी ब्यान्डको रूपमा उदाउन 6 GHz को लागि WRC-23 छोड्न नसकिने चरण हो ।
अर्को विश्व रेडियोसञ्चार सम्मेलन (डब्लुआरसी) २०२३ मा आयोजना हुनेछ र यसले सरकारहरूलाई ६ गिगाहर्ज रणनीतिहरू समन्वय गर्ने र विश्वव्यापी रूपमा दूरसंचार इकोसिस्टम कसरी विकास गर्ने भनेर छलफल गर्ने सुनौलो अवसर प्रदान गर्दछ । मोबाइल उद्योगले यू६जीलाई कसरी आईएमटी सेवा दिने भन्नेमा प्राथमिक सहमतिमा पुगेको छ । डब्लुआरसी-२३ मा एआई १.२ लाई यू६जी आईएमटीमा नामित गर्न डब्लुआरसी-१९ मा संकल्प लिइएको थियो । धेरै देशहरू र क्षेत्रहरूले मोबाइल उद्योगको विकासलाई कायम राख्न ६गिगाहर्ज कत्तिको महत्त्वपूर्ण छ भनेर बुझेको देखिन्छ । हामी विश्वस्त छौं कि डिजिटल रूपान्तरणलाई गति दिन यू६जीलाई विश्वव्यापी आईएमटी लाइसेन्स प्राप्त ब्यान्डको रूपमा प्रवर्द्धन गर्न धेरै देशहरू र क्षेत्रहरूले मिलेर काम गर्नेछन् ।
प्रकाशित: १ असार २०७९, बुधबार