पब्जी गेम हारेको विषयमा परिवारका सदस्यहरुले जिस्काउँदा १५ वर्षीय किशोरद्वारा आत्महत्या

  • Technology Khabar | १ असार २०७९, बुधबार
पब्जी गेम हारेको विषयमा परिवारका सदस्यहरुले जिस्काउँदा १५ वर्षीय किशोरद्वारा आत्महत्या

काठमाडौं ।

पब्जी मोबाइल गेम हारेको विषयमा परिवारका सदस्यहरुले जिस्काउँदा भारतमा एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।

कक्षा ९ मा अध्ययनरत वुतुकुरु प्रभुले भारतको मछलीपट्टनममा आत्महत्या गरेको न्यूइन्डियनएक्सप्रेसले उल्लेख गरेको छ।

प्रभु आफ्नो बुवा र परिवारका सदस्यहरुसँग गर्मीको छुट्टी मनाउन मछलीपट्टनम गएका थिए।

प्रभुकी आमा र बुवाको केही वर्ष अघि डिभोर्स भएको थियो। उनी विजयवाडामा आमासँग बस्दै आएको पुलिसले जानकारी दिएको छ। प्रभु पब्जी खेलमा भाइसँग पराजित भएका थिए।

यस्तो थियो घटनाक्रम

चिलाकलापुडीका सर्कल इन्स्पेक्टर भी नारायणका अनुसार प्रमु र उनका भाइले शनिबार राति टीडीएम (टिम डेथम्याच) खेलेका थिए। खेल हारेको विषयमा परिवारका सदस्यहरुले प्रभुलाई जिस्काएको र उनका बुवाले घण्टौंसम्म गेममा समय बिताएको भनेर गाली गरेका थिए। आफ्ना अन्य भाईहरुको अघि मजाक उठाइएकाले उनी निरास थिए।

खाना खाएपछि उनी सुत्नका लागि एक्लै कोठामा गएका थिए। आइतबार बिहान प्रभुका बुवाले कोठाको ढोका ढकढकाएका थिए, उनले ढोका खोलेनन्। लामो समयसम्म पनि प्रभुबाट कुनै प्रतिक्रिया नआएपछि परिवारका सदस्यहरुले ढोका फुटाएर भित्र पस्दा उनी पंखामा झुण्डिएको अवस्थामा भेटिएका थिए।

परिवारका सदस्यहरुका अनुसार प्रभु अधिकतम समय मोबाइलमा पब्जी गेम खेलर बिताउँथे।

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार