ठूलोभर्याङ लाइसेन्स कार्यालयमा आज हुने भनिएको स्कुटरको ट्रायल परीक्षा स्थगित

  • Technology Khabar | ३१ जेष्ठ २०७९, मंगलवार
ठूलोभर्याङ लाइसेन्स कार्यालयमा आज हुने भनिएको स्कुटरको ट्रायल परीक्षा स्थगित

काठमाडौं ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र ठूलोभर्याङ, काठमाडौंले आज वर्ग के स्कुटरको ट्रायल परीक्षा स्थगित गरेको छ।

कार्यालयले आज सूचना जारी गरेर जेठ ३१ गते मंगलबार सञ्चालन हुनेगरी तोकिएको वर्ग के स्कुटर, मोपेडको प्रयोगात्मक (ट्रायल) परीक्षा प्राविधिक कारणले बन्द गरिएको जानकारी दिएको छ।

प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ।

स्कुटरको ट्रायल परीक्षा स्थगित गरिए पनि अन्य वर्गको परीक्षा भने सञ्चालन हुने कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...