नक्कली फेसबुक एकाउन्टबाट सतर्क हुन नबिल बैंकको आग्रह

  • Technology Khabar | ३० जेष्ठ २०७९, सोमबार
नक्कली फेसबुक एकाउन्टबाट सतर्क हुन नबिल बैंकको आग्रह

काठमाडौं ।

नबिल बैंकले आफ्नो नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण गरेको बताएको छ। बैंकले एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई फेक एकाउन्ट बारेमा जानकारी गराउँदै सचेत गराएको हो।

बैंकले फेक एकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न समेत आग्रह गरेको छ।

बैंकको एक मात्र आधिकारिक भेरिफाइड भएको फेसबुक पेजबाट पोस्ट गरिएका सूचना तथा जानकारी मात्रै आधिकारिक भएको सूचनामा उल्लेख छ।

प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आईफोन नदिएको निहुँमा साथीको हत्या

  • Technology Khabar
  • ३० जेष्ठ २०७९, सोमबार