
काठमाडौं ।
फेसबुकको मूख्य कम्पनी मेटा इंकको निवर्तमान सीओओ शेरिल स्यान्डबर्गले कम्पनीको स्रोतहरुको दूरुपयोग गरेको आरोपमा मेटाले अनुसन्धान अघि बढाएको छ।
द वाल स्ट्रीट जर्नलकाअनुसार स्यान्डबर्गले विगत लामो समयदेखि आफ्नो व्यक्तिगत परियोजनाहरुमा मेटाको कर्मचारी प्रयोग गरेको विषयमा मेटाले छानबिन अघि बढाएको हो।
स्यान्डबर्गले एक महिना अघि मेटाको सीओओबाट राजीनामा दिएकी थिइन्। उनले आफ्नो आगामी परियोजनाका लागि कम्पनीका कर्मचारीको दूरुपयोग गरेको आरोपमा मेटाले अनुसन्धान अघि बढाएको हो।
मेटाका वकिलहरुले स्यान्डबर्गले स्थापना गरेको ‘लीन इन’ कम्पनीसँग फेसबुकका स्टाफको संलग्नता रहेको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेको छ। साथै स्यान्डबर्गले भर्खर प्रकाशित गरेको अप्सन बी किताबको प्रवद्र्धनमा पनि कर्मचारीहरुले सहयोग गरेको हुन सक्ने मेटाको आशंका छ।
साथै स्यान्डबर्गले आफ्नो पूर्व पति तथा एक्टिभिजन बिजार्डका सीईओ बबी कोटिकको नकारात्मक समाचारलाई बाहिरिन नदिन पनि फेसबुकको कर्मचारीहरुको प्रयोग गरेको हुनसक्ने विषयमा पनि अनुसन्धान केन्द्रित छ।
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार