बीवाईडीले छिट्टै टेस्लालाई ब्याट्रीहरू आपूर्ति गर्ने एक कार्यकारीको भनाई

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
बीवाईडीले छिट्टै टेस्लालाई ब्याट्रीहरू आपूर्ति गर्ने एक कार्यकारीको भनाई

काठमाडौं ।

चीनको बीवाईडीले टेस्ला इंकलाई छिट्टै ब्याट्रीहरू आपूर्ति गर्ने तयारी गरिरहेको कम्पनीका एक वरिष्ठ कार्यकारीले बताएका छन्। बुधबार जारी गरिएको भिडियोमा राज्यको मिडियालाई सो बारेमा उनले बताएको रोयटर्सले जनाएको छ।

“हामी अब इलन मस्कसँग असल साथी भएका छौं किनभने हामी छिट्टै टेस्लालाई ब्याट्री आपूर्ति गर्ने तयारी गर्दैछौं,” बीवाईडीका कार्यकारी उपाध्यक्ष लियान युबोले चीनको सरकारी स्वामित्वको प्रसारणकर्ता सीजीटीएनका एंकर कुई यिंगचुनसँगको अन्तर्वार्तामा भने।

बीवाईडी इलेक्ट्रिक भेहिकल र प्लग-इन हाइब्रिडहरू सहितको फ्लीटको विश्वको सबैभन्दा ठूलो उत्पादक हो। जसले टोयोटा लगायत अन्य अटोमेकरहरूलाई ब्याट्री आपूर्ति गर्ने काम गरिरहेको छ।

२०२० मा, बीवाईडीले आधिकारिक रूपमा आफ्नो ब्लेड ब्याट्री, कम तौलको लिथियम-आयरन-फस्फेट (एलएफपी) ब्याट्री लन्च गरेको थियो। यो कम्पनीका अध्यक्ष वाङ चुआनफुले बजारमा अन्य विकल्पहरू भन्दा सुरक्षित छ र आगो लाग्दैन भन्ने विश्वास गरेका छन्।

चिनियाँ ब्याट्री जायन्ट सीएटीएल हाल टेस्लाको एलएफपी ब्याट्रीहरूको एकमात्र आपूर्तिकर्ता हो, जसले २०२० देखि सांघाई प्लान्टमा निर्मित कारहरूमा त्यस्ता ब्याट्रीहरू इन्स्टल गर्दै आएको छ।

टेस्लाले पहिलो त्रैमासिकमा उत्पादन गरेका लगभग आधा सवारी साधनहरू एलएफपी ब्याट्रीहरूयुक्त भएको खुलासा गर्यो। यो पश्चिमी बजारमा हावी हुने निकल र कोबाल्ट आधारित सेलहरूको सस्तो प्रतिद्वन्द्वी हो।

रिपोर्टकाअनुसार पानासोनिक र एलजी इनर्जी सलुसन्स टेस्लाको निकल र कोबाल्टमा आधारित सेलहरूको मुख्य आपूर्तिकर्ता हुन्।

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • २६ जेष्ठ २०७९, बिहीबार