पब्जी मोबाइल गेम खेल्न नदिएको भन्दै भारतमा किशोरद्धारा आमाको हत्या

  • Technology Khabar | २५ जेष्ठ २०७९, बुधबार
पब्जी मोबाइल गेम खेल्न नदिएको भन्दै भारतमा किशोरद्धारा आमाको हत्या

काठमाडौं ।

पब्जी मोबाइल गेम नेपालसहित विश्वभर युवाहरुको लोकप्रिय र मनपर्ने गेम हुँदै आएको छ। यसको बारेमा विभिन्न समाचारहरु समेत आउने गरेका र हालसालै भारतमा एक किशोरले पब्जी लतका कारण आफ्नै आमाको हत्या गरेका छन्।

छिमेकी देश भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक १६ वर्षीय बालकले आमालाई पब्जी मोबाइल गेम खेल्न नदिएको रिसमा आमाको हत्या गरेका छन्।

लखनउ प्रहरीले आइतबार बिहान आफ्नो बुबाको लाइसेन्स रिभल्भरले आफ्नी आमालाई गोली हानेको बताएको एनडीटिभीको समाचारमा उल्लेख छ। यो खेललाई लिएर बच्चाको आमासँग अक्सर चर्को झगडा हुने गर्दथ्यो, त्यसपछि पनि उसले गेम खेल्ने गरेको थियो।

टाउकोमा गोली लागेको महिलाको केही समयपछि मृत्यु भएको प्रहरी अधिकारीहरुले बताएका छन्। त्यसपछि उनले आमाको शव लुकाएको थियो। र आमाको हत्या गरेपछि पनि दुई दिन आफ्नी ९ वर्षीया बहिनीसँग घरमा बसेको थियो।

समाचारअनुसार शवबाट निस्केको दुर्गन्ध लुकाउन बालकले घरमा रुम फ्रेसनर छर्केको प्रहरीले जनाएको छ। त्यसपछि केटाले बहिनीलाई सो अपराधको बारेमा कसैलाई नभन्न धम्की दिएको बताईएको छ।

सुरुमा केटाले मनगढन्ते कथा सुनाए र आफ्नो बुबालाई घरमा कुनै कामको लागि आएका इलेक्ट्रीशियनले महिलालाई गोली हानेको बताएको थियो। बालकका बुबा आर्मीमा छन् र हाल पश्चिम बंगालमा कार्यरत छन्।

लखनउ प्रहरी कार्यालयका एडीसीपी एसएम कासिम अबिदीले भने, “बच्चाले पुलिसलाई उही झूटो कथा सुनायो, तर अनुसन्धान पछि प्रहरीले यो पूर्णतया मनगढन्ते भएको पत्ता लगायो। त्यसपछि प्रहरीले बालकलाई हिरासतमा लियो।”

हिरासतमा लिएपछि प्रहरीले सोधपुछ गर्दा बालकले आफ्नो अपराध स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २५ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...