एलियन खोज्दै चीन, पृथ्‍वीबाहिरको जीवन खोज्नका लागि बन्यो मिसन

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
एलियन खोज्दै चीन, पृथ्‍वीबाहिरको जीवन खोज्नका लागि बन्यो मिसन

काठमाडौं ।

चीन हालै पृथ्वीभन्दा बाहिर रहेको जीवन अर्थात् एलियनका बारेमा पत्ता लगाउन जुटिरहेको छ। विज्ञान बर्सौंदेख पृथ्‍वीको नजिकमा रहेका कुनै जीवन सम्भव भएको ग्रह पत्ता लगाउने कोशिसमा लागिरहेको छ।

विश्वभरका वैज्ञानिकहरु थुप्रै वर्षदेखि यस्ता ग्रहको खोजमा लाग्दै आए पनि हालसम्म कुनै उल्लेख्य सफलता मिल्न सकेको छैन।

तर अब भने चीनले यो मिसन हाँक्ने भएको छ। चीनले हालै यस्ता ग्रहको खोजमा छुट्टै बाटो अपनाउन सक्ने मिसनको तयारीमा लागेको हो।

यो मिसनले पृथ्‍वीबाहिरका यस्ता ग्रहका बारेमा अलग्नै धारणा प्रस्तुत गर्न सक्ने चिनियाँ वैज्ञानिकहरुको अपेक्षा छ।

यो मिसनको नाम क्लोजबाई ह्याबिटेबल एक्सोप्लानेट सर्भे अर्थात् सीएचईएसआई रहेको छ भने यस अन्तर्गत चीनले हाम्रो पृथ्‍वीको आसपास रहेका ताराहरुमा रहेका ग्रहको परिक्रमाको असरबारे पनि जानकारी प्राप्त गर्ने ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

यस्ता ग्रहलाई एक्‍सोप्‍लानेट भनिन्छ। यिनीहरुले सूर्यबाहेक अन्य ताराहरुलाई परिक्रमा गर्ने गर्दछन्। मिसनमार्फत् कुनै ग्रहमा जीवन बाँच्न सकिन्छ या सकिन्न भन्ने पत्ता लगाइनेछ।

यदि जीवनको सम्भावना पाइएमा यो विज्ञानका लागि ठूलो उपलब्धी सावित हुन सक्छ। यो मिसन एउटा अन्तरिक्षयानमार्फत् पूरा गरिने बताइएको छ।

रिपोर्टहरुका अनुसार मिसनमा माइक्रो-आर्ससेकेन्ड रिलेटिभ एस्ट्रोमेट्री नामक तरिका उपयोग गरिनेछ। यसमा एउटा टेलिस्‍कोपको सहायताले एक्‍सोप्‍लानेटको पिण्ड निर्धारण गरिन्छ।

हालसम्म ५ हजारभन्दा बढी एक्सोप्लानेट पत्ता लागिसकेका छन्।
यो मिशनका बारेमा चिनियाँ एकेडेमी साइन्समा पर्पल माउन्टेन अब्जर्भेटरीका रिसर्च प्रोफेसर तथा मिसनका मुख्य अनुसन्धाता जी जियानघुईले पृथ्‍वी नजिक रहेका ताराहरुको परिक्रमा गर्ने ग्रहहरुमा जीवनको खोज गर्नु मानवताका लागि एउटा ठूलो सफलता हुने बताएका छन्।

यसबाट मनुष्यलाई ती ग्रहमा जाने र भविष्यमा मानवहरुको बासस्थान विस्तार गर्नमा सहयोग पुग्ने ग्याजेट्स३६० ले जनाएको छ।

हाल यो मिसनमा काम भइरहेको छ भने यसको शुरुवात हुने समय यकिन रुपमा भन्न सकिने स्थिति छैन।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...