विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चारमन्त्री रुवान्डा प्रस्थान

  • Technology Khabar | २१ जेष्ठ २०७९, शनिबार
विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चारमन्त्री रुवान्डा प्रस्थान
फाइल तस्बिर

काठमाडौं ।

विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शुक्रबार रुवान्डा प्रस्थान गरेका छन्।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको आयोजना हुन लागेको सो सम्मेलनमा भाग लिन मन्त्री कार्कीसहित मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक सुनिल पौडेल र नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा लगायतका अधिकारी त्यसतर्फ प्रस्थान गरेका हुन्।

रुवान्डाको राजधानी किगालीमा हुने सम्मेलन आउँदो असार २ गतेसम्म सञ्चालन हुनेछ।

“कनेक्टिङ्ग द अनकनेक्टेड टू एचिभ सस्टेनेबल डेभलपमेन्ट” अर्थात दिगो विकास हासिल गर्नका लागि पहुँच नभएकाहरूलाई पहुँचमा गर्ने विषय अन्तर्गत, विश्व दूरसञ्चार विकास सम्मेलन हुन लागेको हो।

सो सम्मेलन दिगो विकास लक्ष्यहरु हासिल गर्नको लागि कार्यको यो अन्तिम दशकमा कनेक्टिभिटी र डिजिटल समाधानहरूका लागि नवीन दृष्टिकोणहरू र सहकार्यका नयाँ मोडेलहरू विकास गर्ने अद्वितीय अवसर भएको आईटीयूले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • २१ जेष्ठ २०७९, शनिबार