
काठमाडौं ।
टेस्लाले आफ्ना गाडीमा अडियो सुधारका लागि एप्पलको एयरप्ले प्रोटोकल प्रयोग गर्ने भएको छ।
टेस्लाका सीईओ इलन मस्कले हाल गाडीहरुमा प्रयोग हुँदै आएको ब्लूटूथको सट्टामा एप्पलको एयरप्ले प्रयोगम ल्याउने बताएका हुन्।
हालका वर्षहरुमा टेस्लाले आफ्ना गाडीका अडियो सिस्टमलाई प्राथमिकता दिँदै आएको छ।
टेस्लाको मोडल ३ मा रहेको साउन्ड सिस्टम अडियोका पारखीहरुले निकै रुचाएका थिए भने मोडल एसको नयाँ भर्सनले पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको इलेक्ट्रेकले उल्लेख गरेको छ।
यसलाई केही प्रिमियम गाडीहरुमा प्रयोग गरिने महंगो ब्याङ्ग एन्ड ओलुफ्सन सिस्टमसँग तुलना गरेका छन्।
एक समीक्षकले ट्विटरमा यो सिस्टमको तुलना ब्याङ्ग एन्ड ओलुफ्सन सिस्टमसँग गरेपछि सीईओ मस्कले यस्तो जवाफ लेखेका छन्:
‘टेस्ला अडियोका इन्जिनीयरहरु बीएन्डओ र अन्य थुप्रै कम्पनीबाट आएका छन्। हाम्रो सिस्टम प्रोग्रामेबल भएकाले हामी यसमा ओटीए कोडेक अपडेटमार्फत् सुधार ल्याइरहेका हुन्छौं।’
I love that we can request a tesla feature and it might be added. Like this:The speaker system in Teslas are so good, but we are limited by the quality of Bluetooth. Could we have AirPlay added? It’s adds the ability for lossless streaming. The hardware necessary is already there
— Jacob (@JacobB1290H) May 27, 2022
प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार