
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्ससँग अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस थप पाँच ओटा यात्रुयुक्त उडान खरिद गर्ने भएको छ।
तर एजेन्सीको ब्लगमा बुधबार प्रकाशित जानकारीमा स्पेसएक्ससँग गर्ने उक्त सम्झौताको अपेक्षित शुल्कबारे नखुलाइएको स्पेस डटकमले जनाएको छ।
यसपछि गत फेब्रुअरीमा फाल्कन ९ रकेट तथा ड्रागन क्याप्सुलको क्रू ७, क्रू ८, क्रू ९ का लागि स्पेसएक्सले पाएको सूचीमा थप साढे ३ अर्ब डलरको सम्झौता थपिनेछ।
हाल क्रू ४ अन्तरिक्षमा रहेको, क्रू ५ आगामी सेप्टेम्बरमा लञ्च हुने र क्रू ६ भने २०२३ को वसन्त ऋतुमा उडान भर्ने तालिकामा रहेका छन्।
हालै खरिद गरिएका पाँच ओटा उडान क्रू ९ पछि शुरु हुने र यो क्रम क्रू १४ सम्म पुग्ने बताइएको छ।
नासाका लागि अन्तररिक्षमा यात्रु पठाउने स्पेसएक्स एक मात्र कम्पनी रहेकामा एजेन्सीले बोइङ स्टारलाइनर क्याप्सुल पनि तयार हुन लागेको जानकारी दिएको छ।
प्रकाशित: २१ जेष्ठ २०७९, शनिबार