टिकटक छिट्टै भारतमा फर्कने, नयाँ साझेदार खोज्दै बाइटडान्स

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
टिकटक छिट्टै भारतमा फर्कने, नयाँ साझेदार खोज्दै बाइटडान्स

काठमाडौं ।

टिकटक छिट्टै भारतीय बजारमा फर्कने भएको छ।

टिकटकको मूल कम्पनी बाइटडान्सले भारतमा पुन: प्रवेश गर्न नया साझेदार खोजिरहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

टिकटकमाथि भारतमा सन् २०२० मा सरकारले प्रतिबन्ध लगाएको थियो।

सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाएपछि भारत टिकटक उपलब्ध छैन।

तर अब भने छिट्टै यो स्थिति अन्त्य हुने कम्पनीसम्बद्ध व्यक्तिहरुलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको गिज्मोचाइने उल्लेख गरेको छ।

रिपोर्टहरुका अनुसार बाइटडान्स भारतको हिरानन्दनी ग्रुपसँग छलफलमा रहेको बुझिएको छ। यो ग्रुप मुम्बइमा रहेको योट्टा इन्फ्रास्ट्रक्चर सोलुशन्स अन्तर्गत डाटा सेन्टर चलाइरहेको संस्था हो।

यी दुवै संस्था हाल शुरुवाती छलफलको चरणमा रहेका बुझिएको छ। तर यूनियन सरकारका अधिकारीहरु यो योजनाका बारेमा विवरणहरु अनौपचारिक रुपमा लिइरहेका समाचारमा उल्लेख छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १९ जेष्ठ २०७९, बिहीबार