एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता, भारतको पेटिएम, गुगलपेलगायतमा भुक्तानी सहज हुने

  • Technology Khabar | १८ जेष्ठ २०७९, बुधबार
एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता, भारतको पेटिएम, गुगलपेलगायतमा भुक्तानी सहज हुने

काठमाडौं ।

डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने हेतुले एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुने बैंकले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार