
काठमाडौं ।
-साजन सुवेदी
नेपालमा आर्थिक वर्ष २०७८/७९ को शुरुवाती १० महिनामा ११ करोड २० लाख १९ हजार रुपैयाँ बराबरका डिजिटल क्यामरा आयात भएका छन्।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ वैशाख मसान्तसम्मको प्रतिवेदनमा नेपालमा ८ हजार ८४२ थान डिजिटल क्यामरा भित्रिएका तथ्याङ्क छ।
आयात भएका उक्त परिमाणका डिजिटल क्यामरामध्ये सबैभन्दा बढी चीनबाट ६ करोड २० लाख ९६ हजार रुपैयाँ बराबरको ७ हजार ७२१ ओटा आएको देखिएको छ।
यसपछि भारतबाट १० लाख ७० हजार बराबरको ३५६ थान, जापानबाट १ करोड ६३ लाख ७६ हजार रुपैयाँ बराबरको ३२६ थान, मलेसियाबाट १४ लाख ६८ हजार रुपैयाँ बराबरको २२ थान, ताइवानबाट ६३ लाख १८ हजार बराबरको १५८ थान डिजिटल क्यामरा आयात भएका देखिएको छ।
यस्तै थाइल्याण्डबाट १ करोड ८८ लाख ५२ हजार बराबरको १५९ थान, अमेरिकाबाट ७ लाख ११ हजार बराबरको ३२ थान, बेलायतबाट ७ लाख ७१ हजार बराबरको ३ थान, कोरियाबाट ७ लाख ११ हजार बराबरको २३ थान डिजिटल क्यामरा नेपाल भित्रिएका छन्।
यस्तै कतारबाट १ लाख ९४ हजार बराबरका १७, इजिप्टबाट१ लाख २९ हजार बराबरका ७, अस्ट्रेलियाबाट ७० हजार बराबरका ३, न्यूजिल्याण्ड ६७ हजार बराबरका ३, इटलीबाट ४३ हजार बराबरका ३ थान तथा इजिप्टबाट १ लाख २९ हजार बराबरका ७ थान डिजिटल क्यामरा आयात भएका पाइएको छ।
यसबाहेक भियतनाम, यूएई, सिंगापुर, कुवेत, लाओस, इजरायल, इन्डोनेशिया, जर्मनी तथा हङकङबाट १-१ थान क्यामरा आयात भएका तथ्याङ्कमा उल्लेख छ।
प्रकाशित: १६ जेष्ठ २०७९, सोमबार