
काठमाडौं ।
सरकारले नेपालमै चारपांग्रे विद्युतीय सवारी उत्पादन तथा एसेम्बल गर्ने कम्पनीलाई करमा छुट दिने भएको छ।
सरकारले विद्युतीय सवारीसाधन उत्पादन तथा एसेम्बल गर्ने कम्पनीलाई आयकरमा छुट दिने व्यवस्था बजेट मार्फत् गरेको हो।
यस्ता कम्पनीले बिक्री वितरण शुरु गरेको ५ वर्षसम्म आयकरमा ४० प्रतिशतसम्म छुट पाउनेछन्।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार