विद्युतीय सञ्जालमा आधारित कारोबारमा अब कर लाग्ने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
विद्युतीय सञ्जालमा आधारित कारोबारमा अब कर लाग्ने

काठमाडौं ।

सरकारले सामाजिक संजालमा आधारित कारोबारलाई करको दायरामा ल्याएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गर्दै नेपाल बाहिरबाट विद्युतीय संजालहरुको प्रयोग गरी गरिने व्यवसायलाई करको दायरामा ल्याउने घोषणा गरे।

उनले नेपाल बाहिरबाट विद्युतीय संजालहरुको प्रयोग गरी व्यवसाय गर्ने क्रम बढिरहेको भन्दै कर लगाउने घोषणा गरेका हुन् ।

सफ्टवेयर वा बिजनेस प्रोसेस तथा सूचना प्रविधिको निर्यातमार्फत गरिने आम्दानीमा १ प्रतिशतको मात्र कर लगाएको घोषणा गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार