सातै प्रदेशमा बिजनेस इन्क्यूभेसन सेन्टर स्थापना गर्न २६ करोड रुपैयाँ

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
सातै प्रदेशमा बिजनेस इन्क्यूभेसन सेन्टर स्थापना गर्न २६ करोड रुपैयाँ

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गरेका छन्।

अर्थमन्त्री शर्माले बजेट पेश गर्दै उद्यमशिलता विकास गर्ने र सूचना प्रविधि सम्बन्धि निर्यात गर्ने उद्यमहरुलाई थप प्रबद्र्धन गरिने बताएका छन् । उनले  स्टार्टअपहरुलाई प्रबद्र्धन गर्न निरन्तरता दिईने भन्दै परियोजनाहरुका लागि भेन्चर क्यापिटलमार्फत पूँजी उपलब्ध गराईने घोषणा गरे।

“निजी क्षेत्रसँगको साझेदारीमा ज्ञानमा आधारित व्यवसाय बिस्तार गर्न हेटौँडा औद्योगिक क्षेत्रका साथै सातै प्रदेशमा बिजनेस इन्क्यूभेसन केन्द्र स्थापना गर्न २६ करोड रुपैयाँ बिनियोजन गरेको छु,” उनले भने।

त्यसैगरी ठूला तथा मझौला उद्योगले स्टार्टअपलाई सहयोग पुर्याउने व्यवस्था मिलाईने बताए।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...