कबड्डी-४ लगायतका चलचित्रको फुटेज टिकटकमा: हलमा कडाई गर्न चलचित्र संघको निर्देशन

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
कबड्डी-४ लगायतका चलचित्रको फुटेज टिकटकमा: हलमा कडाई गर्न चलचित्र संघको निर्देशन

काठमाडौं ।

हलमा प्रदर्शन भइरहेका चलचित्रका दृश्यहरु टिकटकलगायत सामाजिक सञ्जालमा देखिन थालेपछि यसलाई रोक्न हलहरुलाई निर्देशन दिइएको छ।

हालै कबड्डी-४ लगायत हलमा चलिरहेको चलचित्रका महत्वपूर्ण दृश्य तथा फुटेजहरु  मोबाइलले खिचेर टिकटकमा अपलोड गरेको पाइएपछि नेपाल चलचित्र संघले यस्तो निर्देशन दिएको हो।

संघले सम्बिन्धत सिनेमा हललाई पत्राचार गर्दै फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे कानुनी कारबाही हुनेतर्फ सचेत गराएको छ।

यस्ता महत्वपूर्ण दृश्य सामाजिक सञ्जालमा आउन थालेपछि चलचित्रको कथाबारे जानकारी हुने भएकाले हलसम्म जाने दर्शक घट्ने कलाकार तथा निर्माताहरुको बुझाई छ।

यसै क्रममा कबड्डी-४ का नायक दयाहाङ राईले पनि हलमा पुगेर दर्शकलाई मोबाइलबाट फिल्म नखिच्न आग्रह गरेका थिए।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार