
काठमाडौं ।
रुसमा एप्पल माथि पहिलो पटक मुद्दा दायर भएको छ। सीसीटीभी न्यूजको रिपोर्ट अनुसार रुसमा पहिलो पटक एप्पल माथि मुद्दा दायर गरिएको हो।
एप्पलले प्रयोग गरिरहेको डाटा स्थानीयकरण गर्न अस्वीकार गरेकाले कानुनी लडाइ शुरु भएको हो।
यस प्रकारको अवस्था अन्तिम नहुने गिगचाइनाले लेखेको छ। रुस र युक्रेन युद्धका कारण पछिल्लो समय रुसले धेरै प्रतिबन्ध खेपिरहेको छ। ठूलो सीमितताका बाबजुद केही प्राविधिक कम्पनीहरु रुसमा आफ्नो सेवाहरु उपलब्ध गराउने प्रयासमा छन्।
केही कम्पनीले भने रुसमा आफ्नो उत्पादन बिक्री नगर्ने निर्णय गरिसकेका छन्।
रुसी संघको प्रशासनिक अपराध संहिताको भाग ८ को धारा १३.११ अनुसार, इन्टरनेट वा अन्य च्यानलहरु मार्फत् जानकारी संकलन गर्दा रुसी व्यक्तिगत डाटा कानूनी प्रावधानहरुको पालना गर्न असफल हुँदा अपरेटहरु जवाफदेही हुनु पर्नेछ।
मस्को स्थित ट्यागएनस्काई जिल्ला अदालत ४२२ नम्बरमा जुन २८ तारिखमा मुद्दाको सुुनुवाई हुनेछ।
यस वर्षको अप्रिलमा रुसी अधिकारीहरुले रुसको संघीय एन्टिमोनोपोली सेवाबाट एप स्टोरमा अविश्वास अनुसान्धान शुरु गर्ने अनुमति प्रदान गरेको थियो।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार