
काठमाडौं ।
क्वालकम टेक्नोलोजिजले नेक्स्ट जेनेरेशन पावरलाइन कम्युनिकेशन (पीएलसी) डिभाइस सार्वजनिक गरेको छ।
क्यूसीए७००६एक्यू नामको उक्त डिभाइस विद्युतीय ईभी सप्लाइ इक्विपमेन्टका नामले चिनिने सवारी चार्जिङ स्टेशन कम्युनिकेशनको आवश्यकता सम्बोधन गर्नका लागि प्रयोग गरिने डिजिटाइम्सले उल्लेख गरेको छ।
यसले ग्लोबल चार्जिङ सिस्टम अर्थात् सीसीएसको प्रयोग गर्ने पनि बताइएको छ।
यो डिभाइस क्वालकम टेक्नोलोजिजको क्यूसीए७००एक्स वर्गको उत्पादन हो भने यसलाई विश्वभरी नै ईभी अनबोर्ड चार्जिङ यूनिट तथा चार्जिङ स्टेशनमा प्रयोग गरिँदै आएको छ।
यो क्यूसीए७००६एक्यू डिभाइस भेहिकल-टू-ग्रिड (भी२जी) सिस्टम कार्यान्वयनका लागि आवश्यक होमप्लग ग्रीन पीएचवाई (एचपीजीपी) स्पेसिफिकेशनसँग मिल्ने खालको रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार