
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले थ्री फेज विद्युत सप्लाई लिने ग्राहकहरुका लागि अनलाइनमार्फत आवेदन दिन सकिने सुबिधा ल्याएको छ ।
ग्राहकहरुका लागि प्राधिकरणले संस्थाको वेबसाइटमार्फत नै सेवाका लागि आवेदन दिन सकिने जानकारी दिएको हो ।
यसको लागि प्राधिकरणको वेबसाइट एनईए डट ओआरजी डट एनपी (www.nea.org.np) मा रहेको थ्री फेज अनलाइन आवेदन मोडुलमा क्लिक गरी आवश्यक बिबरणहरु पेश गर्न सकिने छ।
आवेदन फाराम भर्न सहजताका लागि प्राधिकरणले युजर म्यानुअल समेत राखिएको जानकारी दिएको छ।
सो अनलाइन प्रणालीले आवेदन गर्ने ग्राहकहरुको आवेदन कारबाही कुन अवस्थामा रहेको छ र पेश गरेका कागजातहरु पर्याप्त छ वा छैनन भनेर समेत हेर्न सकिने सुबिधा सेवाग्राहीलाई दिनेछ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार