पहिलो त्रैमासिकमा चीनमा मोबाइल फोनको ढुवानी ६ करोड ९३ लाख

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
पहिलो त्रैमासिकमा चीनमा मोबाइल फोनको ढुवानी ६ करोड ९३ लाख
सांकेतिक तस्बिर

काठमाडौं ।

चाइना एकेडेमी अफ इन्फर्मेशन एण्ड कम्युनिकेसन्स टेक्नोलोजी (सीएआईसीटी) को रिपोर्ट अनुसार यस वर्षको पहिलो त्रैमासिकमा चीनको मोबाइल फोनको ढुवानी वार्षिक रूपमा २९.२ प्रतिशतले घटेर ६९.३५ मिलियन युनिटमा पुगेको छ।

यस अवधिमा ५जी मोबाइल फोनको ढुवानी २२.९ प्रतिशतले घटेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको अनुसन्धान संस्थान सीएआईसीटीले जनाएको छ।

फाइभजी फोनहरूले पहिलो तीन महिनामा चीनको स्मार्टफोन बजारमा प्रभुत्व जमाउन जारी राख्यो, जुन सबै फोन ढुवानीको ७७.७ प्रतिशत भएको सिन्ह्वाले उल्लेख गरेको छ।

“मार्चमा मात्रै चीनले कुल २१.४६ मिलियन फोन पठाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४०.५ प्रतिशतले कम छ,” रिपोर्टले भन्यो।

तथ्याङ्कले देखाएअनुसार चीनले २०२१ मा २६ करोड ६० लाख ५जी फोनहरू बजारमा पठाएको छ र यो २०२० को तुलनामा ६३.५ प्रतिशतले बढेको छ।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार